Logo
Logo

कांग्रेसको निष्कर्ष- प्रधानमन्त्री बालेन गैरजिम्मेवार भए, बहुमतको बलमा हिँडे


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रति उत्तरदायी र जिम्मेवार नभएको निष्कर्ष निकालेको छ।

आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गणतन्त्र दिवसका अवसरमा सम्बोधन नगरेको विषयमा पार्टी बैठकमा छलफल भएको प्रमुख सचेतक (सचेतक) ले बताइन्।

उनले भनिन्, ‘यो हिजोदेखिको अभ्यास हो। उहाँले आफू उपस्थित हुन नसक्ने कारण खुलाइदिनुपर्ने थियो। म यस्तो काममा व्यस्त छु, मेरो स्वास्थ्य अवस्था ठीक छैन, वा म बाहिर जाँदै छु भनेर कारण देखाइदिएको भए राम्रो हुन्थ्यो।’

उनले सत्तापक्ष बहुमतको दम्भमा अघि बढ्न खोजेको आरोप समेत लगाइन्। ‘विगतमा बजेट ल्याउँदा राय-सुझाव लिएर अगाडि बढिन्थ्यो, निर्णय सरकार पक्षकै हुन्थ्यो, यसमा दुईमत छैन। तर प्रतिपक्षको कुरा पनि सुनिन्थ्यो,’ उनले भनिन्, ‘अहिले भने प्रतिपक्षले खोजेको जवाफ प्रधानमन्त्रीबाट पाइरहेको अवस्था छैन, जुन आम जनताले पनि पाउनुपर्ने हो।’

उनले बजेटमा सरकारले भौतिक पूर्वाधारलाई भन्दा स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

साथै, उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकारसँग माग गरिन्।

उनले भनिन्, ‘कानुनभन्दा माथि कोही पनि हुँदैन। कांग्रेस कानुनसम्मत प्रक्रियालाई स्वीकार गर्छ। पहिले पक्राउ गर्ने अनि अनुसन्धान गर्ने जस्तो ‘मिडिया स्टन्ट’ भन्दा पनि सत्यतथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ। यदि प्रतिवेदनमा उल्लेख भएका कुराहरू सत्य हुन् भने त्यसलाई अगाडि बढाउनुपर्छ, यसमा हाम्रो पूर्ण समर्थन रहनेछ।’

प्रतिक्रिया दिनुहोस्