Logo
Logo

पोखराको पृथ्वीचोकमा चल्यो डोजर, सरकारी जग्गामा निर्मित संरचना भत्काइयो


441
Shares

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका भवनहरू हटाउन सुरु गरेको छ।

महानगरले बिहीबार डोजर प्रयोग गरी ती अनधिकृत संरचनाहरू भत्काएको हो। महानगरपालिकाकाअनुसार प्रमुख राजनीतिक दल र विभिन्न संघ–संस्थाका गरी जम्मा ९ वटा भवनहरूमा डोजर चलाइएको छ।

सार्वजनिक जग्गाको संरक्षण गर्ने र खोला क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यका साथ महानगरले गत आइतबारदेखि ‘खोलारघर क्लियर’ गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।

अतिक्रमित संरचना हटाउने यस कार्यलाई महानगरले आफ्नो नियमित अभियानको रूपमा अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्