Logo
Logo

अर्थमन्त्रीले गराए राष्ट्रपतिलाई बजेटबारे जानकारी


567
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्।

बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोलि (जेठ १५ गते शुक्रबार) अपराह्न ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन्।

बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्