Logo
Logo

रुसी कम्युनिष्ट नेताहरूसँग भेटवार्ता गरी स्वदेश फर्किए पूर्वप्रधानमन्त्री नेपाल


1.4k
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनी जेठ ९ गते सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका थिए ।

The current image has no alternative text. The file name is: madhab.jpg

सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै पूर्वप्रधानमन्त्री नेपालले विश्व परिवेशमा कम्युनिष्ट सिद्धान्तको लोकप्रियता र त्यसका चुनौतीहरूबारे सम्बोधन गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

रुस भ्रमणका क्रममा उनले रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आर्थिक विकास र आपसी हितका विभिन्न विषयमा छलफल भएको स्वकीय सचिव गौतमले बताए ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नेपाललाई पार्टीका शीर्ष नेताहरू तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्