काठमाडौं । सरकारले सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु मुख्य दायित्व भएको बताएको छ ।

१९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक शुभकामना सन्देश जारी गर्दै राष्ट्र निर्माणका लागि सबैको साथ र सहकार्यको आवश्यकता रहेको जनाएको छ ।
सन्देशमा भनिएको छ, ‘सुशासन र नागरिकको हितलाई सर्वोपरि राख्दै देशलाई समृद्ध बनाउनु हाम्रो मुख्य दायित्व हो। राष्ट्र निर्माणको यस साझा यात्रामा सबैको साथ र सहकार्यको अपेक्षा गर्दछौँ ।’
साथै, गणतन्त्र दिवस २०८३ को ऐतिहासिक अवसरमा प्रधानमन्त्री कार्यालयले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली जनामा शुभकामना व्यक्त गरेको छ ।














