Logo
Logo

गणतन्त्र दिवस मूल समारोहस्थलमै लडे सैनिक जवान


1.1k
Shares

काठमाडौं । सैनिकमञ्च टुँडीखेलमा गणतन्त्र दिवस २०८३ मूल समारोह जारी रहेका बेला एक जना सैनिक जवान लडेका छन् ।

The current image has no alternative text. The file name is: jawan.jpg

ड्युटीमा खटिएका बेला भुईँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर लडेको बताए । ‘कहिलेकाहिँ शरीरमा पानीको मात्रा कम भएर हुन्छ, कहिले खुट्टा जाम भएर त्यस्तो हुन्छ,’ प्रवक्ता बस्नेतले भने, ‘उनको खुट्टा जाम भएको थियो । उनी होसमै थिए । हिँडेरै गएको पनि देख्नुभयो होला ।’ उनको स्वास्थ्य अवस्था सामान्य रहेको बस्नेतले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्