
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई ज्वरो आएको छ । र अहिले प्रचण्ड निवासमै आराम गरिरहेका छन् ।
विरामी भएकै कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी नभएको आचार्यले जानकारी दिए ।
‘उहाँ हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आयो । डाक्टरहरुले आराम गर्न सल्लाह दिनुभएकाले कतै जानु भएको छैन,’ आचार्यले भने ।














