Logo
Logo

उज्यालो नेपाल र हाम्रो पार्टीबीच भएको ७ बुँदे सहमतिमा के छ ?


567
Shares

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले शुक्रवार पार्टी केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा आयोजित कार्यक्रमकाबीच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गरे ।

समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्। दुई पार्टीबीच पार्टी एकता गर्ने लगायत ७ बुँदे सहमति भएको हो ।

जसमा हाम्रो नेपाल पार्टीबाट समाहित भएर आउनेहरुलाई केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक हैसियत दिने, दुवै पक्षबीच एकता कायम गरी नेता कार्यकर्ताको छिटो व्यवस्थापन गर्नेलगायतको विषय उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्