
काठमाडौं । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकारका तर्फबाट मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
२७ पृष्ठमा समेटेर ल्याएको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । जसमा ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राखिएको छ ।
‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै यसको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।














