Logo
Logo

बजेटमाथि प्रमुख प्रतिपक्षी दल कांग्रेसको मिश्रित टिप्पणी


945
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी भएको टिप्पणी गरेको छ ।

बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेस सचेतक निश्कल राईले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताए ।

उनले भने, ‘उत्पादनशील क्षेत्रमा पर्याप्त ध्यान नदिइए बजेट प्रभावकारी हुन सक्दैन। राष्ट्रको खर्च गर्ने क्षमता कति छ भन्ने कुरा सबैलाई थाहा छ । बजेटको आकार मात्रै ठूलो बनाएर उत्पादनशील क्षेत्रमा अघि बढ्न नसके राम्रो प्रतिफल आउँदैन ।’

यसपटकको बजेट विगतकै निरन्तरता जस्तो देखिएको प्रतिक्रिया दिए । यद्यपि कर प्रणाली र कर व्यवस्थापनमा केही परिवर्तन गर्न खोजिएको भन्दै त्यसलाई सकारात्मक पक्षका रूपमा टिप्पणी गरे । ‘सरकारले अनौपचारिक अर्थतन्त्रलाई समेट्ने प्रयास गरेको छ र त्यसतर्फ केही जोड दिन खोजिएको देखिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्