
काठमाडौं । नेकपा एमालले सरकारले बजेटमा आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रम समेट्न नसकेको बताएका छन् ।
सरकारले ल्याएको बजेटबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद गुरु बरालले मध्यम वर्गको विस्तारको कुरा उठाइएपनि त्यसलाई व्यवसायीकरण गर्ने लगायतका विषय समेट्न नसकेको बताए ।
उनले भने, ‘मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ, तर त्यसलाई व्यवसायीकरण गर्ने, त्यसलाई क्षमतालाई समृद्धि गर्ने र उनीहरूको उद्यमशीलता विकास गर्ने दिशातर्फ यसले ढोका खोल्न सकेको छैन ।’
उनले सामाजिक सुरक्षाको क्षेत्रमा सक्नेले छोड्ने, नसक्नेलाई जोड्ने भनेर सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोजेको आरोप लगाए ।
त्यस्तै नेपाललाई ग्रे लिस्टबाट हटाउने सैद्धान्तिक कुरा गरेको भएपनि ठोस आधार दिन नसकेको उनले बताए ।














