Logo
Logo

एमालेको सङ्गठन विभाग प्रमुखमा भानुभक्त ढकाल


504
Shares

काठमाडौं । नेकपा एमालेले विधान अनुसार सङ्गठन विभाग गठन गरेको छ । अन्तर पार्टी निर्देशन जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिव भानुभक्त ढकाललाई प्रमुख बनाएर १६ सदस्यीय सङ्गठन विभाग गठन गरेका हुन् ।

The current image has no alternative text. The file name is: bhanubhakta.jpg

विधानको नयाँ व्यवस्थाअनुसार पार्टी सदस्यता नवीकरण र विस्तार लगायतका काम सुरु भएको अवस्थामा सङ्गठन विभाग गठन गरी कामलाई अघि बढाउनु अपरिहार्य भएकाले केन्द्रीय सङ्गठन विभाग गठन गरिएको अपानिमा उल्लेख गरिएको छ । 

सङ्गठन विभागमा भानुभक्त ढकाल (प्रमुख), विशाल भट्टराई, सुजिता शाक्य, पार्वत गुरुङ, तिलकुमार मेन्याङ्वो, ज्वाला साहा, जगत विश्वकर्मा, माधव ढुंगेल, चेतनारायण आचार्य, लालबहादुर थापा, जीवन गौतम, तिलकबहादुर क्षेत्री, सरोजकुमार यादव, मञ्जु भण्डारी, राजबहादुर बुढा र आरसी लामिछाने रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्