
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदमा सरप्राइज दिएका छन् । उनले आज प्रतिनिधिसभा बैठक सुरु भएपछि एक्कासी हात उठाएर आफुले सांसदहरुको प्रश्नको जवाफ दिन तयार भएको जानकारी गराए ।
यसअघि विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री स्वयम सदनमा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आइरहेका थिए ।
प्रधानमन्त्रीले रोस्टममा उपस्थित भएर आफु सांसदहरुको प्रश्नको जवाफ दिन तयार भएको जानकारी गराएपछि सभामुख डोलप्रसाद अर्यालले दलगत रुपमा एक–एक प्रश्न सोध्न दुई मिनेटको समय निर्धारण गरे । तर विपक्षी सांसदले यसमा पनि नियमापत्ति जनाए ।














