Logo
Logo

विपक्षीको विरोधका बीच प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जारी


252
Shares

काठमाडौं । विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित भएर प्रश्नोत्तरमा सहभागी भएका छन् ।

संसद्मा बोल्न चाहेका बेला प्रधानमन्त्रीलाई बोल्न दिने अभ्यास छ । यस अन्तर्गत रहेर प्रधानमन्त्री बालेनले आजको प्रतिनिधिसभा बैठकमा बोल्न हात उठाए ।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको उद्घोष गरे लगत्तै प्रधनमन्त्री बालेन हात उठाए र बोल्न दिन इशारा गर्दै उठे ।

त्यसपछि सभामुख अर्यालले संसद् सचिवालयका कर्मचारीसँगद सल्लाह गरे । प्रधानमन्त्रीले बोल्न चाहँदा समय दिनुपर्छ भन्ने सुझाव प्राप्त गरेपछि सभामुखले रोष्ट्रममा बोलाए ।

रोष्ट्रममा पुगेर प्रधानमन्त्री बालेनले आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग भएको र त्यसअनुसार रोष्ट्रममा आएको बताए ।

त्यसपछि सभामुखले प्रत्येक दलबाट प्रश्न सोध्नका लागि एक÷एक जनालाई बोल्न दिने घोषणा गरे ।

यसप्रति विपक्षी दलहरूले विरोध गरे । प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ ।

यस्तो व्यवस्था नियमावलीको नियम ५६ मा छ । यसअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भनेर विपक्षी दलहरूले विरोध गरेका हुन् । यद्यपी अहिले प्रधानमन्त्रीसँग सांसदहरुको प्रशनोत्तर जारी छ ।

प्रतिक्रिया दिनुहोस्