Logo
Logo

लिपुलेकबारे इतिहासविद् र कूटनीतिज्ञ राखेर समस्याको समाधान गर्छौ : प्रधानमन्त्री


252
Shares

काठमाडौं । लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी गराएको छ । प्रतिनिधिसभा बैठकको सांसदसँग प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री बालेन शाहले त्यस्तो जानकारी गराएका हुन् ।

एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’

प्रधानमन्त्री शाहले दुवै पक्षका इतिहासविद् र कूटनीतिज्ञलाई राखेर समस्याको समाधान गर्ने कुरा भएको बताए । यो विषयमा इग्ल्याण्ड सरकारसँग पनि सरकारले चासो राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्