Logo
Logo

अर्थमन्त्री वाग्लेले भने- दैनिक एक/दुई जनालाई लखपति बनाउँछौं


567
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हरेक दिन १÷२ जनालाई लखपति बनाउने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धमा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हरेक दिन लट्री टिकटमार्फत लखपति बनाइने बताएका हुन् ।

उनले सबैलाई करको दायरामा ल्याउँदै सबैलाई प्रोत्साहन दिने बताए । ‘भ्याट बिल नै अटोमेटिक लट्री टिकट बन्दैछ,’ उनले भने, ‘हरेक दिन हामी लखपति बनाउँछौं ।’

रेमिट्यान्स पठाउनेलाई त्यो सुविधा दिइने भन्दै उनले सबैलाई करको दायरामा ल्याएर प्रोत्साहन दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्