
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको अध्यक्षमा करुणा कटवाल मनोनयन भएकी छिन् । पार्टी सभापति गगन कुमार थापाले सोमबार उनलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । नेविसंघले पहिलो पटक महिला अध्यक्ष पाएको हो ।
यसअघिको कार्यसमितिको म्याद सकिएकाले उनलाई नियुक्त गरिएको पार्टीले जनाएको छ । उनलाई समयभित्रै महाधिवेशन गर्न ११ बुँदे कार्यादेश दिइएको छ ।















