Logo
Logo

राष्ट्रपति कार्यालयबाट कसले चोर्यो हात्तीका दाह्रा ?


1.1k
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको खुलेको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए ।

राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरु समेत जलाउने, भाँच्ने काम भएका थिए । त्यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी भएको खुलेको हो ।

चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रमा अपरेशन चलाएर दाह्रासहित केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाहरुको नाम अहिलेसम्म गोप्य राखेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्