Logo
Logo

दिल्लीको रेस्टुरेन्टमा आगलागी : २१ जना मृतकमध्ये ११ जना विदेशी


315
Shares

एजेन्सी । भारतको दिल्लीस्थित मालवीय नगरको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुने २१ जनामध्ये ११ जना विदेशी नागरिक रहेको पाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा मृत्यु हुने २१ जनामध्ये ११ जना विदेशी नागरिक छन् । तर मृत्यु हुने ११ जना विदेशी नागरिक कुन-कुन देशका थिए भन्ने उल्लेख गरिएको छैन । दिल्ली सरकारका अनुसार मारिनेहरूमा ११ जना विदेशी नागरिक छन् भने १० जना भारतीय छन्।

आगलागीमा परी घाइते हुनेमा २३ विदेशी नागरिक र १४ भारतीय छन् । घाइते विदेशी नागोरिकमा १६ जनाको अवस्था गम्भीर रहेको छ बताइएको छ । १० जनालाई भेन्टिलेटरमा र छ जनाको बिना भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ ।

आगलागीमा परी दुई जना नेपाली नागरिक समेत घाइते भएका छन् । उनीहरू उपचारपछि डिस्चार्ज भइसकेको बताइएको छ । ती दुई जना नेपाली नेपालको कुन ठाउँका व्यक्ति थिए भन्ने उल्लेख गरिएको छैन ।

आगलागीमा परी घाइते भएका ११ जना घाइते भारतीयमध्ये १० जना दिल्ली प्रहरीको कर्मचारी रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्