Logo
Logo

३२ अस्पताल र प्रतिष्ठानलाई ३ दिनभित्र आफ्नो जग्गाको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन


441
Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका ३२ अस्पतालरप्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाको अवस्थाबारे ३ दिनभित्र जानकारी पठाउन निर्देशन दिएको छ ।

यसअघि गत वैशाख ३० गतेको निर्णयानुसार ती ३२ अस्पतालरप्रतिष्ठानको स्वामित्वमा रहेका जमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तोकिएका कार्य तत्काल सम्पादन गरी जानकारी गराउन भनिए पनि अहिलेसम्म नगराइएकाले मन्त्रालयले तीन दिनभित्र जानकारी पठाउन निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार अस्पतालको स्वामित्वमा रहेको जग्गाको साँध सिमाना स्वीकृत नक्सा अनुसार भए/नभएको यकिन गर्ने तथा सो जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए/नभएको विस्तृत विवरण पठाउनुपर्ने छ ।

अस्पतालको स्वामित्वमा रहेका जग्गाको अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्ने र सोको पालना नभएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाई अस्पतालको भोगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।

यी हुन् ती ३२ अस्पताल/प्रतिष्ठान

-पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (कास्की)

-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर) 

-सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (भक्तपुर)

-नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (काठमाडौँँ)

-नेपाल मेडिकल काउन्सिल (काठमाडौँँ)

-नेपाल नर्सिङ परिषद् (काठमाडौँँ)

-वीर अस्पताल, नर्सिङ क्याम्पस (काठमाडौँ)

-जीपी कोइराला राष्ट्रिय स्वास प्रधास केन्द्र (तनहुँ)

-डडेल्धुरा अस्पताल (डडेलधुरा)

-मानसिक अस्पताल (ललितपुर)

-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (काठमाडौँ)

-राष्ट्रिय ट्रमा सेन्टर (काठमाडौँ)

-कोसी अस्पताल (विराटनगर)

-भेरी अस्पताल (नेपालगन्ज)

-आयुर्वेद चिकित्सालय (काठमाडौँ)

-पशुपति होमियोप्याथिक चिकित्सालय (ललितपुर)

-सिंहदरबार वैद्यखाना विकास समिति (काठमाडौँ)

-कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (मकवानपुर)

-राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (भक्तपुर)

-भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर)

-सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके)

-भरतपुर अस्पताल (चितवन)

-बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर)

-गजेन्द्र नारायण सिंह अस्पताल (सप्तरी)

-परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (काठमाडौँ)

-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)

-नारायणी अस्पताल (पर्सा)

-राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र (काठमाडौँ)

-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला)

-रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (सप्तरी)

-स्वास्थ्य बिमा बोर्ड (काठमाडौँ)

-गेटा अस्पताल (कैलाली) 

प्रतिक्रिया दिनुहोस्