काठमाडौं । इजरायलले इरानको पश्चिमी र मध्य क्षेत्रमा रहेका सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ ।

इरानको राजधानी तेहरानमा पनि धेरै शक्तिशाली विस्फोटका आवाज सुनिएको राज्य सञ्चालित मेहर समाचार संस्थाले जनाएको छ । विस्फोटको कारण र त्यसबाट भएको क्षतिबारे तत्काल कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।
यसअघि इरानले इजरायलमा मिसाइल आक्रमण गरेको थियो, जसलाई इजरायलले असफल पारेको दाबी गरेको थियो ।
इरान र इजरायलबीच आक्रमण सुरु भएपछि युद्धविराम तोडिएको र फेरी युद्ध हुने आशङ्का बढेको छ । इरानले इजरायलले लेबनानमा आक्रमण नरोकेमा पुनस् आक्रमण गर्ने चेतावनी दिएको छ ।














