Logo
Logo

हर्कको गुनासो : देशलाई माया गर्दा दैनिक १० हजार गाली खाइरहेको छु


567
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशप्रतिको माया र कामका कारण गाली खानुपरेको गुनासो गरेका छन् । शनिवार काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा राईले भने, “यो देशलाई अति माया गर्दा मलाई संसारमा सबैभन्दा धेरै गाली खाने मान्छे बनाइएको छ ।” 

The current image has no alternative text. The file name is: hark-1.jpg

उनले धरानको मेयर हुँदा दैनिक एक हजार गाली पाउने गरेको र अहिले बढेर दैनिक १० हजार पुगेको बताए । सामाजिक सञ्जालमा उनले आफु विरुद्ध सङ्गठित गाली अभियान चलाइएको आशङ्का पनि व्यक्त गरे । दार्चुलाको पुल निर्माणमा खुट्टा तान्ने प्रयास भए पनि १०–१५ दिनमा उद्घाटन हुने उनले दाबी गरेका छन् । 

राईले नेपाली समाजमा अरूको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको आरोप लगाए ।

उनले विदेशी ऋणभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए । “म काम गरिरहन्छु, तपाईँहरू खुट्टा तानिरहनुहोस्, अन्ततः जित मेरो नै हुनेछ,” उनले भने । उनले आफ्नो पार्टीका सांसदहरू भ्रष्टाचार नगर्ने दाबी गर्दै आगामी स्थानीय निर्वाचनमा श्रम संस्कृति पार्टी जिताउन आग्रह पनि गरे । 

प्रतिक्रिया दिनुहोस्