Logo
Logo

४० हजार घुससहित नायव सुब्बा रंगेहात पक्राउ


882
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ।

The current image has no alternative text. The file name is: akhatiyar.jpg

जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले सुब्बालाई नियन्त्रणमा लिएको हो ।

कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपाने जानकारी दिए ।

पक्राउ परेका कण्डेलको साथबाट घुसवापतको ४० हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ समेत बरामद गरिएको छ। आयोगले उनलाई शनिवार नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्