Logo
Logo

कोशीमा देउवा र कोइराला समूहको संयुक्त भेला


504
Shares

काठमाडौं । कोशी प्रदेशको विराटनगरमा आज नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त प्रदेशस्तरीय भेला गर्ने भएका छन् ।

The current image has no alternative text. The file name is: bhela.jpg

१४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको उक्त भेला दुवै समूहको संयुक्त आयोजनामा हुन लागेको हो । कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईलेका अनुसार शेरबहादुर देउवाको पुरानो टिम र शेखर दाइको टिमको संयुक्त कार्यक्रम हो ।

यसअघि देउवा समूहले एकल रूपमा आयोजना गरेका प्रदेश भेलामा कोइराला समूह सहभागी नभए पनि कोशीबाट दुवै समूहबीच सहकार्य सुरु गर्न लागिएको हो । विराटनगरको मनास्लु होटलमा हुने भेलामा कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा। शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी र एनपी साउद प्रमुख वक्ताका रूपमा रहेका छन् ।

इतर समूहले केन्द्रीय सदस्य राजीव कोइरालाको नाम प्रमुख वक्तामा राखिएको छ ।  देउवा समूहले यसअघि बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्