Logo
Logo

एमाले जागरण अभियान : सबै केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी


1.3k
Shares

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउन भन्दै मिसन जागरण अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि एमालेले जिम्मेवारी तोक्दै पार्टीका सबै केन्द्रीय सदस्यलाई कार्ययोजना पठाएको छ ।

The current image has no alternative text. The file name is: yamale-2.jpg

केन्द्रीय सदस्यहरूलाई पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण, कार्यकर्ता र जनता पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइएको एमालेले जनाएको छ । 

मुख्यगरी २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण उत्साहित जनता माओवादीसँगको पार्टी एकता टिकाउन नसक्दा र पछि एमाले फुट्दा निराश भएर पलायन भएको कुरा कार्ययोजनामा उल्लेख गरिएको छ । 

आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा काम जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आम जनतासम्म पुगेको एमालेको ठहर छ । सोही कारण भदौ २३ र २४ गतेका घटना भएको दाबी एमालेले गरेको छ । 

जागरण अभियानको जिम्मेवारी लिने नेताहरूले वर्तमान राजनीतिको पृष्ठभूमि, निर्वाचनमा पराजयका कारण र पार्टीको भावी नीतिबारे स्पष्ट पारिएको छ ।

पार्टीका नेताहरू राजनीतिक उतार चढाव, निर्वाचनपछिको पार्टीको राजनीतिको मूल्याङ्कन र भावी कार्यदिशाबारे स्पष्ट भएर उनीहरूले मातहतमा सही सन्देश प्रवाह गर्न सकुन् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । 

‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भनेर एमालेको दस्ताबेजमा उल्लेख गरिएको छ ।

एमालेले डिजिटल संगठन र प्रभावकारी प्रचारलाई प्राथमिकतमा राखेको छ । पार्टीले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्न कार्यकर्तालाई निर्देशन जारी गरेको छ । साथै ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’मा विशेष ध्यान दिन पनि कार्यकर्तालाई भनेको छ ।

३१ पृष्ठको सो अवधारणा पत्रमा पार्टीका नेताहरूको जिम्मेवारी तोकिएको छ । विभागका प्रमुख निरज आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन् भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्