Logo
Logo

आजको मुख्य २० समाचारः परराष्ट्रमन्त्रीको चीन भ्रमणदेखि शिक्षकको आन्दोलन गर्ने चेतावनीसम्म- भिडियो


0
Shares

१. प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते छलफल, असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम ।

२. परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा चार दिने चीन भ्रमणमा बेइजिङ पुगे, बीआरआईसहित द्विपक्षीय परियोजना र सहकार्यबारे उच्चस्तरीय छलफल हुने । 

३. देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेको दाबी, मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित न्यायिक प्रक्रियामा रहेको भनाइ ।

४.  एउटै विधेयकमार्फत २० वटा ऐन संशोधन गर्ने उद्देश्यसहित सरकारले बनायो ‘केही नेपाल ऐन संशोधन विधेयक’को मस्यौदा, राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि संशोधित व्यवस्था ऐनका रूपमा कार्यान्वयनमा आउने । 

५. युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कार्यलाई तीव्र रूपमा अघि बढाइएको श्रम मन्त्री रामजी यादवको भनाइ, बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून बनाएर रोजगारीको अवसर सृजना गर्न चाहेको स्पष्टोक्ति ।

६. प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले धेरै गल्ती गरेको डा. धवल शमशेर राणाको टिप्पणी, राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापनाको विकल्पसहित नयाँ पार्टी खोल्ने दाबी ।

७. पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने र एकढिक्का बनाएर अगाडि बढाउने कांग्रेस नेता डा. शेखर कोइरालाको भनाइ, देशभरिका वडा सभापतिहरूलाई हटाउने काम भइरहेको भन्दै पार्टीभित्र निरङ्कुशताको संकेत देखिएको आरोप ।

८. शिक्षा, स्वास्थ्य र विद्युत्मा ‘लग्जरी कर’ लगाउने सरकारको निर्णय गलत भएको कांग्रस सभापति गगन थापाको टिप्पणी, निजी विद्यालय र अस्पताल प्रयोगलाई विलासिता भन्न नसकिने भन्दै सार्वजनिक सेवाको गुणस्तरमाथि प्रश्न ।

९. कांग्रेस कार्यकर्ताहरूलाई आफ्नो आत्मविश्वास बलियो बनाई पार्टी सुदृढीकरणमा लाग्न कांग्रेस नेता विजयकुमार गच्छदारको आग्रह, राजा र माओवादीसँग नडराएको कांग्रेस कोहीसँग डराउन नहुने भनाइ ।

१०. राप्रपा, राजा र धर्म साट्ने पार्टी भएको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आरोप, राप्रपाले भोट लिने, सांसद बन्ने र सत्ताको भत्ता खाने काम मात्रै गर्ने गरेको उल्लेख ।
 
११. आगामी वर्षका लागि काठमाडौं महानगरको सांस्कृतिक एजेन्डा सार्वजनिक, ऐतिहासिक सम्पदा संरक्षण, प्राचीन बस्तीको पुनर्जीवन र इन्द्रजात्राका देवगणका लागि नयाँ निवास निर्माण गर्ने योजना ।

१२. रास्वपा लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति चयन, शालिकराम घिमिरे सभापतिमा निर्वाचित, उपसभापतिमा दुर्गा अर्याल, महामन्त्रीमा सिएम. उपाध्याय, सहमहामन्त्रीमा ई विक्रम पौडेल तथा मुना हमाल निर्वाचित ।

१३. सिराहामा मोबाइल नष्ट र कैलालीमा टेम्पो फाल्ने घटनाले राज्यको व्यवहारमाथि गम्भीर बहस सुरु, कानून कार्यान्वयनको नाममा अमानवीय व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना ।

१४. हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन सरकारसँग नेपाल रत्न तथा आभूषण संघको माग, भ्याटका कारण नेपाली व्यवसाय संकटमा परेको गुनासो ।

१५. गत वर्ष सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन नभएपछि नेपाल शिक्षक महासंघद्वारा पुनः आन्दोलनको तयारी, असार ५ गतेदेखि देशभरका विद्यालयको कामकाज ठप्प पार्ने चेतावनी ।

१६. निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम ठप्प पार्ने व्यवसायीलाई ठेक्का तोड्न मन्त्रालयको निर्देशन, मूल्यवृद्धि विवादले विकास निर्माणमा गम्भीर असर पर्ने चिन्ता ।
 
१७. इलामको उद्योगीहरूले सोमबारदेखि उद्योग बन्द गर्ने घोषणा, भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनमा आबद्ध ५१ उद्योग बन्द गर्ने ।

१८. बैंकिङ क्षेत्रमा ब्याजदर घट्दो क्रममा, २० वाणिज्य बैंकमध्ये १३ बैंकले ब्याजदर स्थिर, २ बैंकले अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा कम, १३ बैंकले ब्याजदर स्थिर राख्दा निक्षेपकर्ताको आम्दानीमा दबाब बढ्ने संकेत ।

१९. ४ पटकको विजेता जर्मनीसँग खेलेर कुराकाओले विश्वकपमा डेब्यु गर्दै, खेल आज राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा हुने, समूह ‘एफ’मा नेदरल्यान्ड्स र जापान भिड्ने ।

२०. र, बेइजिङले पहाडी क्षेत्रमा बाढी नियन्त्रणका लागि ५ नयाँ जलाशय निर्माण गर्ने योजना अघि सार्‍यो, नयाँ जलाशय निर्माणपछि पहाडी क्षेत्र नियन्त्रण क्षमता ८४ प्रतिशत पुग्ने ।

प्रतिक्रिया दिनुहोस्