Logo
Logo

सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ


315
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल भारत सीमा सम्बन्धित विषयमा सत्य तथ्य छानबिन गर्न माग गरेकी छिन् ।

The current image has no alternative text. The file name is: aasiak.jpg

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सीमा विषय संवेदनशील भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

उनले दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउन माग गरिन् ।  ‘सरकारले सीमा सम्बन्धित सबै विषयको साँचो तथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहल गरी अघि बढाओस्’, उनले भनिन्,‘ आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल लगाउनु परे पर्खाल, नत्र भने काँडेतार लगाइयोस् ।’

प्रतिक्रिया दिनुहोस्