काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमाथि संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन्।

हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सडक अनुगमनका क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि शर्माले त्यसप्रति लक्षित गर्दै प्रतिक्रिया दिएका हुन्।
भिडिओ सन्देशमार्फत उनले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्न आग्रह गरेका छन्। “हामी यस्तै समाजतर्फ जाँदैछौँरु प्रधानमन्त्रीज्यू, यदि जाँदै छैनौँ भने कम्तीमा आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्,” शर्माले भनेका छन्।
उनले चुनावी अभियानका क्रममा बालेन्द्र शाहले पनि कडा अभिव्यक्ति दिने गरेको प्रसंग उल्लेख गर्दै वर्तमान शासन शैली र राजनीतिक संस्कृतिमाथि प्रश्नसमेत उठाएका छन्।














