Logo
Logo

राजनीतिक सेटिङमा गृहमन्त्री पुनः नियुक्त गरिएकोप्रति कांग्रेसको आपत्ति


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री पुनः नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाउँदै सरकारको कदमको आलोचना गरेको छ।

The current image has no alternative text. The file name is: kangress.jpg

राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री पदमा बहाली गर्ने निर्णय आपत्तिजनक भएको टिप्पणी गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरी राजनीतिक सेटिङका आधारमा पुनः नियुक्ति गरिएको दाबी गरे।

सचेतक परियारले गृहमन्त्री गुरुङको सम्पत्ति छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। साथै उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनसमेत सार्वजनिक गर्नुपर्ने माग गर्दै त्यसमा ढिलाइ गर्नुको कुनै कारण नरहेको बताए।

उनले बैठकमा भने, “सम्पत्ति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नगरी, सदन र जनतालाई जानकारी नदिई शङ्कास्पद राजनीतिक सेटिङका आधारमा गृहमन्त्री पुनः नियुक्त गरिएको छ, जुन भर्त्सनायोग्य छ। उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दछु।”

कांग्रेसले सरकार पारदर्शिताबाट टाढा गएको आरोपसमेत लगाएको छ।

प्रतिक्रिया दिनुहोस्