Logo
Logo

कर्णाली प्रदेशले गर्‍यो कर्मचारीको सुरू तलब स्केलमा १० प्रतिशत वृद्धि


1.1k
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीको सुरू तलब स्केलमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने भएको छ।

आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कर्मचारीले पाउँदै आएको महँगी भत्ता र कर्णाली प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको जानकारी दिए।

बजेटअनुसार नयाँ तलब स्केलको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको छ।

त्यस्तै, दरबन्दीमा रहेका करार सेवाका कर्मचारीलाई पनि स्थायी कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराइने भएको छ।

प्रदेश सरकारले दुर्गम क्षेत्रमा कर्मचारीको मनोबल उच्च राख्न तथा जनशक्ति टिकाइराख्न तलब तथा भत्ता व्यवस्थामा सुधार गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्