Logo
Logo

रास्वपाका भीआईपीहरूको सत्ता उन्माद : प्रधानमन्त्री, मन्त्री र सांसद विवादै विवादमा (भिडियो)


567
Shares

काठमाडौं । चुनावका बेला घण्टीको चर्को आवाजसँगै एउटा नारा खुब गुञ्जियो– ‘जान्नेलाई छान्ने !’ पुराना दलहरूप्रतिको वितृष्णा र परिवर्तनको हुटहुटीले जनताले रास्वपालाई सत्ताको चाबी मात्र सुम्पिएनन्, बालेन शाहलाई काठमाडौं महानगरबाट सिधै सिंहदरबारको सिंहासनमै पु¥याए । तर, सत्तामा पुगेको तीन महिना नपुग्दै सुशासनको त्यो ‘घण्टी’ अहिले अहंकार र विवादको दलदलमा फसेको छ । आखिर नयाँ अनुहारमा पुरानै प्रवृत्तिको यो पुनरागमन कसरी भयो ? 

जेनजी आन्दोलनको रापताप, युवा मतदाताको आक्रोश, पुराना दलहरूप्रतिको चरम वितृष्णा र परिवर्तनको हुटहुटी बोकेका नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई विश्वासको मत मात्र दिएनन्, झण्डै दुई तिहाइको बहुमत नै सुम्पिए । संसद्मा मात्र होइन, काठमाडौँ महानगरको नेतृत्व गरिरहेका स्वतन्त्र विम्ब बालेन शाहलाई समेत सिधै देशकै बागडोर सम्हाल्ने ठाउँमा पु¥याए । महानगरको नेतृत्व बीचैमा छाडेर सिंहदरबार छिरेका बालेन देशको प्रधानमन्त्री त बने, तर सत्ताको सिंहासनमा बसेको तीन महिना नपुग्दै ‘जान्नेलाई छान्ने’ पार्टीको हविगत छताछुल्ल भएको छ । सुशासनको गफ दिएर नथाक्ने रास्वपा अहिले आत्मसमीक्षामा होइन, आत्मरति र अहङ्कारको दलदलमा फस्दै गएको छ ।

विवादको केन्द्रमा स्वयं प्रधानमन्त्री बालेन शाह छन् । गत जेठ १७ गते संसद्को रोष्ट्रमबाटै उनले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको गैरजिम्मेवार र राष्ट्रिय हितविपरीतको अभिव्यक्तिले चौतर्फी आक्रोश जन्माएको छ । देशको कार्यकारी प्रमुखले संसद्मै उभिएर यस्तो राष्ट्रघाती भाषा बोल्नु अपरिपक्वताको पराकाष्ठा हो । विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र संसद्मै जवाफ दिनुपर्ने अडान राख्दै सदन अवरुद्ध पारिरहेका छन् । प्रधानमन्त्री बालेनको साट्टो परराष्ट्रमन्त्री शिशिर खनालको स्पष्टीकरणले पनि निकास पाउन सकेको छैन ।

प्रधानमन्त्री बालेन मात्र होइन, विद्वताको लेपन लगाएका अर्थमन्त्री डा। स्वर्णिम वाग्ले त झन् ठूलो नैतिक सङ्कटमा मुछिएका छन् । उनीमाथि बजेट भाषणपछि निश्चित व्यावसायिक घरानालाई पोस्न करका दर हेरफेर गरेको गम्भीर आरोप लागेको छ । मन्त्री वाग्लेले संसद्मा पेस गरेको ४ सय ६४ पृष्ठको आर्थिक विधेयक वेबसाइटमा अपलोड हुँदा एकाएक घटेर ४ सय ४८ पृष्ठमा झरेको छ, जहाँ करका दरहरू समेत हेरफेर गरिएको छ । यी हराएका १६ पानामा कुन स्वार्थ लुकेको थियो रु भन्ने प्रश्नमा अर्थमन्त्रीले दिएको स्पष्टीकरण  विरोधाभासपूर्ण छ, एकातिर उनी एउटा थोप्लो वा कमा पनि चेन्ज नभएको दाबी गर्छन्,  अर्कोतिर तीन–चार वटा वस्तुको करको दर हेरफेर गरेको स्विकार्छन् ।

 बाँकी भिडियोमा

प्रतिक्रिया दिनुहोस्