Logo
Logo

मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित


378
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधि सभाको बैठकमा जारी विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

The current image has no alternative text. The file name is: parliyament.jpg

विपक्षी दलका सांसदले प्रतिनिधि सभा नियमावली अनुसार विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको सभामुखको ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको छ । यस अघि सोमबार पनि मन्त्री उपस्थित नहुँदै बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्