Logo
Logo

विशवप्रकाश शर्माले र कृष्णप्रसाद सिटौलाबीच ‘वान टु वान वार्ता’


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ ।

The current image has no alternative text. The file name is: bishow-prakesh-sharma.jpg

दुई नेताबीच मङ्गलवार गृहजिल्ला झापामा छलफल भएको हो । उपसभापति शर्माका काका बितेको पाँचौँ दिन समवेदना दिन पुगेका सिटौला निवास पुगेका हुन् । उनले सिटौलासँग १० मिनेटजति कुराकानी गरेका हुन् ।

दुई नेताबीच छलफलका क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । सो क्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी उपसभापति विश्वप्रकाश शर्मा दुवै नेताका बीच झापामा वान टु वान वार्ता भएको छ 

कांग्रेसमा संस्थापन र इतर समूहबीचको विवाद चरमोत्कर्षमा पुगेका बेला दुई नेताबीच भेटवार्ता भएको हो । भेटका क्रममा भएको छलफलबारे केही खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्