१. बजेट छलफलमा प्रधानमन्त्री–मन्त्रीहरूको निरन्तर अनुपस्थितिले संसद् अवरुद्ध, नियमावली अनुसार उपस्थिति अनिवार्य भएपनि बेवास्ता, सभामुख बैठक स्थगित गर्न बाध्य ।
२. चीन भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनालले उठाए सीमा सम्बन्धि मुद्दा, लिपुलेक भारत–नेपालको विषय भएको भन्दै संवादबाट समाधान खोज्नुपर्ने चिनियाँ विदेशमन्त्री वाङ यीको सुझाव ।
३. ई–पासपोर्ट खरिद प्रकरणमा महानिर्देशक तीर्थराज अर्याल पक्राउ, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा र राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा सिद्धार्थ थापासहितको नाम अनुसन्धानको घेरामा
४. रौतहटमा लालबकैया र बागमतीको बहाव रोक्ने गरी भारतले बाँध बनाएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सांसद हर्क साम्पाङको माग, सप्तरी–सुनसरीका सुकुम्बासी तथा माइतीघरका अव्यवस्थित बसोबासी समस्या समाधानमा पनि ध्यानाकर्षण ।
५. सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसद्मा गोप्य मतदान गर्न कांग्रेसकी सांसद रेखा कुमारी यादवको प्रस्ताव, सत्तापक्ष र प्रतिपक्ष सबैलाई मतदान गर्नुपर्ने प्रस्ताव ।
६. अर्थ मन्त्रालय संरचना सुधारदेखि एमसीसी बजेट एक रुपैयाँमा झार्नुपर्ने सांसद पर्शुराम तामाङको प्रस्ताव, शिक्षा–स्वास्थ्य–विद्युत् लगाइएको कर फिर्ता लिन माग ।
७. संक्रमणकालीन न्यायलाई सरकारले प्राथमिकता नदिएको सांसद रमेशकुमार मल्लको आरोप, बेपत्ता छानबिन र मेलमिलाप कोषमा बजेट कटौतीप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया अलपत्र परेको टिप्पणी ।
८. ललितपुरका ४५ किमि सडकमा ६२ मिटर मापदण्ड खारेज गर्न रास्वपाको माग, राष्ट्रिय राजमार्गसरहको मापदण्डका कारण सयौँ वर्षदेखि बस्दै आएका बासिन्दा समस्यामा परेको भनाइ ।
९.रास्वपाको प्रदेश सभापति चयनमा तीन सांसद पराजित, नुवाकोट–२ का डा. अच्युत्तम लामिछाने, नवलपुर–१ का राजन गौतम र कञ्चनपुर–१ का जनकसिंह धामी प्रदेश नेतृत्व दौडमा असफल ।
१०. रास्वपाको हालसम्म ६०९ वटा पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशका केही जिल्लामा भने अधिवेशन हुन बाँकी ।
११. आर्थिक वर्ष २०८३÷८४ का लागि सात प्रदेशको कुल २ खर्ब ९२ अर्ब रुपैयाँको बजेट प्रस्तुत, अघिल्लो वर्षको तुलनामा करिब १.६४ प्रतिशत बढी, विकासमुखी खर्चमा जोड ।
१२. नेकपाभित्र नेतृत्व शैली र वैचारिक मतभेद चर्किँदै, वर्तमान नेतृत्वले वाम आन्दोलन पुनर्गठन गर्न नसक्ने भन्दै संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई मार्गप्रशस्त गर्न वरिष्ठ नेता झलनाथ खनालको आग्रह ।
१३. काठमाडौँको ट्राफिक सुधार नगरे दुई वर्षमै सडक असहज हुने चेतावनी, जरिवाना ५ हजारदेखि ५० हजार पु¥याउन आग्रह, एआई–आधारित ट्राफिक प्रणाली लागू गर्न प्रस्ताव ।
१४. सरकारले १८ वर्ष पुरानो कम्पनी ऐन २०६३ प्रतिस्थापन गर्न नयाँ मस्यौदा तयार, पब्लिक कम्पनीको पुँजी वृद्धि, स्टार्टअपलाई प्रोत्साहन, कालोधन नियन्त्रणमा कडाइ र साना कम्पनीलाई राहतको व्यवस्था ।
१५. चालु आर्थिक वर्षको ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, लगानीका हिसाबले कृषि तथा वनजन्य क्षेत्र सबैभन्दा आकर्षक ।
१६. त्रिभुवन विश्वविद्यालयका १६ सय प्राध्यापक–कर्मचारी ६५ दिनदेखि अनिश्तिकालिन धर्नामा, २०६६ भदौ २६ देखि पेन्सन हटाउने निर्णय गरिएपछि २०७६ देखि पेन्सन पाउनुपर्ने माग ।
१७. पछिल्ला केही दिनयता पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित, अत्यधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै ।
१८. आधा सिलिन्डर ग्यास वितरणले संकट झन् बढाएको गुनासो, अमेरिका–इरान तनावको कारण देखाउँदै ल्याइएको नीति तीन महिना बित्दा पनि पुनरावलोकन नहुँदा पहाडदेखि तराईसम्म आपूर्ति संकट गहिरिँदै ।
१९. जापानमा हुने २०औं एसियन गेम्सको पौडी छनोटमा धाँधली भएको आरोप, नेपाल पौडी संघले नियमविपरीत मापदण्ड परिवर्तन गरेको भन्दै पौडीबाज इर्भिन श्रेष्ठसहित खेलाडीहरू आक्रोशित ।
२०. र, अमेरिका–इरान युद्धविरामले विश्व अर्थतन्त्रमा राहत, तर ऊर्जा संकट तत्काल अन्त्य नहुने आकलन, हर्मुज मार्ग पुनः खुल्ने सम्झौता भए पनि तेल आपूर्ति र विश्व बजारमा प्रभाव जारी रहने ।














