Logo
Logo

राति जंगलमा लगेर खुकुरी देखाउँदै युवतीलाई यातना दिएको आरोपमा २४ वर्षीय युवक पक्राउ


378
Shares

काठमाडौँ । दाङमा खुकुरी देखाउँदै युवतीलाई कुटपिटसहित यातना दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर रहेका प्रहरीले जनाएको छ।

उनले तीन महिना अघि नै एक युवतीलाई राति जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर-धम्की दिँदै कुटपिट गरेको खुलेको छ।

उक्त भिडियो मंगलबार बेलुका २०: ३० बजे मगरले आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार २२:४० बजे उनलाई घरबाटै पक्राउ गरेको हो।

उनको साथबाट विभिन्न लागू औषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस क्रममा तुलसीपुर २ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्