Logo
Logo

बिना शीर्षकमा धेरै बजेट राखेको भन्दै रास्वपाकै सांसदले उठाए प्रश्न


504
Shares

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा बिना शीर्षक (अबन्डा) मा ठूलो रकम बजेट छुट्याइएकोप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले नै प्रश्न उठाएका छन् ।

The current image has no alternative text. The file name is: rasapa.png

मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा रास्वपाका सांसद बदनकुमार भण्डारीले सरकारको ध्यानाकर्षण गराउँदै भने, “जनताले तिरेको कर कहाँ खर्च भइरहेको छ भन्ने कुरा पारदर्शी रूपमा जानकारी हुनुपर्छ । सुशासनको कुरा गर्ने सरकारले यति ठूलो रकम अबन्डामा राख्नु उचित होइन ।”उनले भने, “नयाँ मन्त्रालय भएकाले कार्यक्रम र योजना बनाउन नसकिएको भए पनि यति ठूलो रकम अबन्डामा छुट्याउनु पारदर्शिताको दृष्टिले ठीक छैन । यसबारे थप स्पष्ट जानकारी गराउन अनुरोध गर्दछु ।”

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल बजेटको एक प्रतिशत अर्थात् चार अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । “चार अर्बमध्ये साढे तीन अर्ब अबन्डामा छ,” मन्त्री पुनले भने, “नयाँ मन्त्रालय भएकाले नयाँ कार्यक्रम र योजना बनाउन समय लाग्ने भएकाले यस्तो व्यवस्था गर्नुपरेको हो ।” मन्त्री पुनले आफू मन्त्री बनेको छोटो समयमै बजेट आइसकेकाले कार्यक्रमहरू समेट्न नसकिएको बताए । 

उनले ऐन–कानुन नबनेको अवस्थामा कार्यक्रम सञ्चालन गर्न कठिन हुने बताउँदै आवश्यक कानुन निर्माणपछि बजेट प्रभावकारी रूपमा खर्च गर्ने प्रतिबद्धता जनाए ।आगामी योजनामन्त्री पुनले दोस्रो वर्षमा मन्त्रालयको बजेट कुल बजेटको दुई प्रतिशत र तेस्रो वर्ष तीन प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताए ।  उनले कानुन निर्माण भएपछि यो वर्षको भन्दा धेरै बजेट आवश्यक पर्ने र सोहीअनुसार काम अघि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्