Logo
Logo

सुकुम्वासी बस्ती हटाउँदा सेना नखटाइएको सरकारको दाबी 


504
Shares

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई नखटाएको दाबी गरेको छ । रक्षा मन्त्रालयको तर्फबाट विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सेना नखटाएको दाबी गरेका हुन् ।

The current image has no alternative text. The file name is: cena-parichaln.jpg

साथै, उनले सुकुम्वासीहरूलाई स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा प्रबन्ध र सहजीकरण गरेको पनि बताए ।

उनले भने, ‘नेपाल सरकारले नेपाली सेनालाई सुकुम्वासी बस्तीमा डोजर लगाइ बस्ती हटाउने कार्यमा कुनैपनि स्थानमा खटाएको थिएन । जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्वासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्