Logo
Logo
राहदानी खरिद प्रकरण

अख्तियारलाई आरजुको इमेल-‘३ दिनभित्र आउन सक्दिनँ’


504
Shares

काठमाडौं। राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन म्याद टाँस भएसँगै काँग्रेस नेतृ आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमेल मार्फत आफू आउन नसक्ने जानकारी गराएकी छन् ।  पूर्व परराष्ट्रमन्त्री समेत रहेकी देउवाले अख्तियारको ठेगानामा इमेल गर्दै भनेकी छन्, ‘म विदेशमा छु, ३ दिनभित्र आउन सक्दिनँ ।’

The current image has no alternative text. The file name is: arju-aarju-rana-deuba.jpg

उनले इमेलमा आफू कुन मुलुकमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन् । अख्तियारले असार २ मा देउवाको घरमा म्याद टाँस गरेको थियो । घरमा तामेल गरिएको म्याद पत्र अनुसार उनलाई ३ दिनभित्र आयोगको मुख्यालय टंगालस्थित कोठा नम्बर १२ मा उपस्थित हुन भनिएको थियो । आयोगको पत्रमा भनिएको छ, ‘उपस्थित हुन नआए कानुन बमोजिम हुने छ ।’ आरजु हाल हङकङमा रहेको बताइन्छ ।

आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।

राहदानी खरिदमा आरजु समेतको मिलेमतोमा करिब ८ अर्ब रुपैयाँ अनियमितता भएको आयोगको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

प्रतिक्रिया दिनुहोस्