Logo
Logo

आज तीन संसदीय समितिका बैठक बस्दै


252
Shares

काठमाडौं । आज सङ्घीय संसद्का तीन समितिको बैठक बस्दै छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । 

The current image has no alternative text. The file name is: samiti-1.jpg

बिहान ८ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको प्रगति सम्बन्धमा, बैङ्क तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले लिएका विशेष नीति तथा कार्यक्रम र तिनको प्रभावकारिता सम्बन्धमा, नेपाल सरकारको स्वामित्वमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको विगत तीन वर्षदेखिको कार्यसम्पादनको अवस्था र थप प्रभावकारी बनाउन अख्तियार गर्नुपर्ने रणनीति, बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी सुधारका विषयहरूमा गभर्नरसँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ९: १५ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ  ।

त्यसैगरी बिहान १० बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा छलफलको कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्