Logo
Logo

मेस्सी र एम्बाप्पे चम्कँदा रोनाल्डोलाई संकट !


441
Shares


विश्वकप पहिलो चरणको लेखाजोखा, कीर्तिमान रचिने र भत्किने क्रम सुरु, मेस्सी, एम्बाप्पे, हालान्डको धमाकेदार सुरुवात हुँदा रोनाल्डो सङ्कटमा, ब्राजिल, स्पने र पोर्चुगलको निराशाजनक प्रदर्शन । 
 
इतिहासमै पहिलो पटक ४८ टोलीहरूबीच भइरहेको फिफा विश्वकप २०२६ को पहिलो चरणका सबै अर्थात् २४ खेलहरू सम्पन्न भइसकेका छन्। सबै टोलीले मैदानमा आफ्नो पहिलो उपस्थिति जनाइसक्दा यो विश्वकपले सुरुवातमै एउटा बलियो सन्देश दिएको छ– ‘अब फुटबलमा नाम मात्रैले खेल जितिने दिन गए ।’ उपाधिका दाबेदार मानिएका केही फुटबल महाशक्तिहरूलाई कमजोर टोलीहरूले मैदानमै स्तब्ध पारिदिएका छन् । विशेष गरी ब्राजिल, पोर्चुगल, स्पेन र बेल्जियम जस्ता टोलीहरूका लागि सुरुआती खेल सुखद बन्न सकेन, जसले गर्दा सुखद सुरुवातको आशामा बसेका समर्थकहरू निराश बनेका छन् ।  

यद्यपि, यी टोलीहरू प्रतियोगिताबाटै बाहिरिएका भने कदापि होइनन्स पहिलो खेल सोचेजस्तो नभएको मात्रै हो । अब बाँकी खेलहरूमा यी टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्न सके उपाधि जित्ने मौका अझै छ । यसअघिको सिजनकै कुरा गर्ने हो भने अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको थियो। त्यसपछि अर्जेन्टिना र टोलीका मुख्य खेलाडी लियोनल मेस्सीको चौतर्फी आलोचना भयो। तर, त्यसपछिका सबै खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाले विश्वकपको ट्रफी उचालेर आलोचकहरूको मुख मात्र बन्द गरेन, समर्थकहरूलाई खुसीको उपहार पनि दियो। के थाहा, यसपालि पनि सुरुवात खराब गर्ने टोलीले नै पो विश्वकपको ट्रफी उचाल्ने हो किरु तर, त्यसका लागि भने अबका हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ ।

अब कुन टोलीले कस्तो प्रदर्शन गर्छन् र कहाँसम्म पुग्छन् भन्ने कुरा बाँकी खेलहरूले देखाउने नै छ । तर, अहिले भने पहिलो चरणको खेल सकिँदासम्म कुन टोलीले कस्तो प्रदर्शन ग¥यो, त्यसको चर्चा गरौँ । 

समूह ‘ए’

घरेलु मैदान र समर्थकको साथ पाएको आयोजक मेक्सिको र दक्षिण कोरियाले सुखद सुरुवात गरेका छन् । यी दुवै टोलीले आफ्नो पहिलो खेलमा ३–० को जित हात पारेका छन् । मेक्सिकोले दक्षिण अफ्रिकालाई र दक्षिण कोरियाले चेक रिपब्लिकलाई समान ३–० गोल अन्तरले पराजित गर्दै स्पष्ट ३–३ अङ्क जोडेका छन् ।

समूह ‘बी’

यस समूहमा पहिलो खेलपछि प्रतिस्पर्धा निकै रोचक बनेको छ । पहिलो चरणमा कुनै पनि टोलीले जित निकाल्न सकेनन् र चारै टोलीले बराबरी खेल्दै समान १–१ अङ्क बाँडेका छन् । क्यानडा र बोस्निया एण्ड हर्जगोभिना तथा कतार र स्विट्जरल्याण्डबीचका दुवै खेल १–१ को बराबरीमा सकिएका थिए । ।

समूह ‘सी’

समूह ‘सी’ मा स्कटल्याण्डले हैटीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै महत्त्वपूर्ण ३ अङ्क  जोडेको छ भने उपाधिको दाबेदार ब्राजिल र मोरक्को १–१ को बराबरी खेल्दै अङ्क बाँड्न बाध्य भए ।

समूह ‘डी’

यस समूहमा सह–आयोजक अमेरिकाले पराग्वेमाथि ४–१ को फराकिलो जित दर्ता गर्दै आफ्नो बलियो उपस्थिति जनाएको छ । त्यस्तै, यसै समूहको अर्को खेलमा अस्ट्रेलियाले टर्कीमाथि २–० को जित निकाल्यो । अमेरिका र अस्ट्रेलियाले समान तीन तीन अङ्क जोड्दा पराग्वे र टर्कीले कुनै पनि अङ्क जोड्न सकेका छैनन् । 

समूह ‘ई’

यस समूहमा उपाधिको प्रमुख दाबेदार मानिएको जर्मनीले प्रतियोगितामा शानदार सुरुवात गरेको छ । जर्मनीले विश्वकपमा डेब्यु गरेको कुरासाओलाई ७–१ को भारी गोल अन्तरले पराजित ग¥यो। यसै समूहको अर्को खेलमा आइभोरी कोस्टले इक्वेडरमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै महत्त्वपूर्ण ३ अङ्क जोड्यो । 

समूह ‘एफ’

समूह ‘एफ’ मा स्वीडेनल ट्युनिसियामाथि ५–१ को शानदार जित निकाल्दै ३ अङ्क जोडेको छ । अर्को खेलमा जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई २–२ को बराबरीमा रोक्दै अङ्क बाँड्न सफल भयो । 

समूह ‘जी’

यस समूहका चारै टोलीले बराबरी खेल्दै १–१ अङ्क बाँडेका छन्। बेल्जियमलाई इजिप्टले १–१ को बराबरीमा रोक्दा इरान र टोलीको नामे बीचको खेल पनि २–२ को रोमान्चक बराबरीमा सकियो।

समूह ‘एच’

यो समूहमा पनि चारै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन्। उपाधिको ठूलो दाबेदार मानिएको स्पेनलाई विश्वकपमा डेब्यु गरेको टोली काबो भर्डेले गोलरहित बराबरीमा रोकेर स्तब्ध बनायो । अर्को खेलमा उरुग्वे र साउदी अरबले १–१ को बराबरी खेल्दै एक एक अङ्क बाडे । 

समूह ‘आई’

यस समूहका साविक उपविजेता फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गर्दै शानदार सुरुवात गरेको छ । यसै समूहको अर्को खेलमा नर्वेले पनि इराकमाथि ४–१ को सहज जित दर्ता गर्दै आफ्नो शक्ति प्रदर्शन ग¥यो । 

समूह ‘जे’

यस समूहमा रहेको साविक विजेता अर्जेन्टिनाले प्रतियोगितामा धमाकेदार सुरुवात गरेको छ । कप्तान तथा सुपरस्टार लियोनल मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित ग¥यो । यो मेस्सीको विश्वकप इतिहासकै पहिलो ह्याट्रिक हो भने फिफा विश्वकप २०२६ को पनि पहिलो ह्याट्रिक हो। समूहको अर्को खेलमा अस्ट्रियाले जोर्डनमाथि ३–१ को जित निकाल्दै ३ अङ्क जोड्यो।

समूह ‘के’

यस समूहमा कोलम्बियाले शानदार सुरुवात गर्दा उपाधि दाबेदार पोर्चुगल भने चुकेको छ । कोलम्बियाले उज्बेकिस्तानमाथि ३–१ को जित निकाल्दै ३ अङ्क जोड्यो। तर, क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल भने डिआर कंगोसँग १–१ गोलको बराबरीमा रोकिन बाध्य भयो ।

समूह ‘एल’

समूह ‘एल’ मा इङ्गल्याण्ड र घानाले सुखद सुरुवात गरेका छन् भने क्रोएसिया र पानामा पराजित भएका छन्। इङ्गल्याण्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दा घानाले पानामामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै ३ अङ्क जोड्न सफल भयो ।

खेलहरू जति रोमान्चक बन्दै गइरहेका छन्, विश्व कीर्तिमानहरू बन्ने र भत्कने क्रम पनि सुरु भइसकेको छ । यो विश्वकपको सुरुआतमै लियोनल मेस्सी र किलियन एमबाप्पे दुवैले सानदार प्रदर्शन गरेसँगै शीर्ष गोलकर्ताको दौडका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको छ । मेस्सीले आफ्नो पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकपमा सबैभन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरिसकेका छन् । यो त केवल पहिलो खेल मात्र भएकाले उनले यो कीर्तिमान तोड्ने निश्चित प्रायः छ । समूह चरणमा अझै दुई खेल बाँकी छन् र पहिलोपटक विश्वकप खेलिरहेको जोर्डन तथा तुलनात्मक रूपमा कमजोर अस्ट्रियाविरुद्ध मेस्सीले गोल सङ्ख्या थप्ने प्रबल सम्भावना छ ।

बाँकी भिडियोमा

प्रतिक्रिया दिनुहोस्