Logo
Logo

एनसेल र ट्रिप टर्बोबीच बस, आन्तरिक हवाई टिकट र साहसिक गतिविधिमा छुट​​को सहकार्य


504
Shares

काठमाडौं । एनसेल ग्राहकहरूले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभहरू प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारीपत्रमा हस्ताक्षर गरेको गरेको छ ।

यो साझेदारी अन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायतका कार्यमा आकर्षक छुट प्राप्त गरी बचत गर्न सक्छन् ।

यसका साथै अब ग्राहकहरूले एनसेल एपबाटै डिजिटल रूपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने भएका छन् । यो छुटको सुविधा एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिहरूमा आवद्ध हुँदा प्राप्त गर्दछन् ।

ग्राहकहरूले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्छन् ।

यसका साथै, ग्राहकहरूले पहिलो पटक आन्तरिक हवाई यात्रामा २०० र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ अनि बस टिकट बुकिङमा १११ रुपैयाँ छुट प्राप्त गर्न सक्छन् ।

यी विशेष छुटहरूको लाभ एनसेल एपको पार्टनर्ड सर्भिसेज भित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर प्राप्त गर्न सकिन्छ । यो सेक्सनले ग्राहकहरूलाई यात्रा, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा सहभागिताका लागि तयारी गर्दा सजिलै छुटहरू खोज्न र प्रयोग गर्न मद्दत गर्दछ ।

साझेदारीबारे प्रतिक्रिया दिँदै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ’हामी कनेक्टिभिटी मात्र नभएर यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदाहरूलाई नजिक ल्याउँदै ग्राहकहरूलाई त्यसको लाभ दिन प्रतिबद्ध छौं । ट्रिप टर्बोसँगको हाम्रो साझेदारीले यो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एनसेल एप मार्फत ग्राहकहरूले अब यात्रा र विविध गतिविधिहरूमा बचत गर्न सक्छन्, जसले उनीहरूको यात्रालाई अझ सुविधाजनक, फलदायी र किफायती बनाउँछ ।’

यो सहकार्य एनसेलको डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा अघि बढ्ने यात्राको अर्को महत्त्वपूर्ण कदम हो ।

एनसेल एपको इकोसिस्टममा नवीन सेवा र विश्वसनीय पार्टनर अफरहरू एकीकृत गर्दै कम्पनीले ग्राहकहरूको अनुभवलाई निरन्तर रूपमा थप परिष्कृत गर्दै परम्परागत दूरसञ्चार सेवाभन्दा फरक लाभहरू प्रदान गरिरहेको छ ।

ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटेल, होलिडे प्याकेज र ग्राहकले चाहे बमोजिम तयार पारिएका सेवा प्रदान गर्दै आएको छ ।

यो साझेदारी दैनिक जीवनलाई सरल बनाउन डिजिटल नवीनता प्रयोग गर्ने एनसेलको मान्यतासँग मिल्दछ र ग्राहकहरूलाई थप सुविधा र छनोटको अवसर प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्