Logo
Logo

धवल शमशेरलाई पार्टी फर्किन लिङ्देनको आग्रह


693
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गर्नुभएको पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गरेका छन् । 

The current image has no alternative text. The file name is: rajendra-.jpg

पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सुनाउने क्रममा सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरेका हुन् । उनले नेताहरूले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताए । उनले नेताहरूले पार्टी छाडेर गल्ती नगर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । 

राप्रपाका पूर्वमहामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसकेका छन्  । अध्यक्ष लिङदेनले भने राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको संज्ञा दिए  । उनले भने, ‘हामीले पार्टीको केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी पनि पाएका छैनौँ । अहिलेसम्म हाम्रा कोही साथीहरूले सुन्नुभएको पनि छैन, उहाँहरूले जीवनको यो क्षणमा आएर यस प्रकारको गल्ती गर्नुहुन्न भन्ने मैले विश्वास गर्छु र उहाँहरूले कथम् यस प्रकारको काम गर्नुभयो भने उहाँहरूको जीवनको यो अन्तिम गल्ती हुनेछ । यस प्रकारको कामहरू पहिले पनि उहाँहरूबाट हुँदै आएको हो तर अहिले मेरो दृढ विश्वास छ, उहाँहरूले यस प्रकारको गलत काम गर्नुहुन्न र गर्नुभयो भने जीवनको अन्तिम गल्ती हुनेछ । समय बाँकी छ । अहिले नै नेतृत्वको बारेमा बहस गर्ने समय आएको छैन । महाधिवेशनको जुन ठ्याक्कै समय आउँछ, त्यसबेला साथीहरूसँग छलफल, परामर्श पछि हामी टुङ्गोमा पुग्छौँ । तर आउने महाधिवेशनमा नेतृत्वलाई प्रभावकारी र समयसापेक्ष बनाउने कुरामा हामी सबैको ध्यान केन्द्रित हुनेछ ।’

उनले  पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको बताए  । महाधिवेशनको निर्धारित समय आएपछि साथीहरूसँग छलफल र परामर्श गरेर निष्कर्षमा पुग्ने उनको भनाई छ । पार्टी नेतृत्वलाई अझ प्रभावकारी, सशक्त र समयसापेक्ष बनाउने विषयमा सबैको ध्यान केन्द्रित हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्