काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन उद्घाटनस्थल गएरातिको वर्षाले जलमग्न बनेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० सँगै रहेको गेस्टहाउस चौरमा उद्घाटनका लागि बनाइएको टेन्टभित्र पानी जमेको छ ।

गएराति एक घण्टाभन्दा बढी समय मुसलधारे वर्षा भएको थियो । जसले गर्दा मञ्च निर्माण गरिने स्थल जलमग्न भएको हो ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुँदै छ । उद्घाटन रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने तयारी छ ।
अहिले जेनेरेटरको सहायताले रास्वपा महाधिवेशनस्थलमा जमेको पानी निकाल्न थालिएको छ । उद्घाटनका लागि अझै मञ्च निर्माण पूरा भइसकेको छैन ।














