Logo
Logo

रास्वपा महाधिवेशन उद्घाटन स्थलमा जमेको पानी भ्याकुमले तानियो


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन स्थलमा जमेको पानी आइतबार बिहान भ्याकुममार्फत तानिएको छ ।

The current image has no alternative text. The file name is: water-1.jpg

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित महाधिवेशन उद्‌घाटन स्थल गएरातिको वर्षाका कारण जलमग्न बनेको छ ।

महाधिवेशनको औपचारिक कार्यक्रम सुरु गर्ने बेलासम्म पनि चौरमा जमेको पानी सुक्ने नदेखिएपछि भ्याकुम ट्याङ्करमार्फत पानी तानिएको हो ।

महाधिवेशनको औपचारिक कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ । महाधिवेशन उद्घाटन रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन शाहले गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्