काठमाडौं । कांग्रेस सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

थापाका स्वकीय सचिव शङ्कर कुइँकेलले रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको जानकारी गराएका हुन् ।
विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएको थियो । रास्वपा महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन हुँदै छ । महाधिवेशनका लागि रास्वपाका नेताहरू सहभागी हुने क्रम जारी रहेको छ ।रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह पनि महाधिवेशन सहभागी हुन लागे चितवन तर्फ लागेका छन् ।














