काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन चितवनमा आजदेखि सुरु हुँदै छ । प्रधानमन्त्री, मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सो क्षेत्रको सुरक्षा दिनका लागि नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की आफैँ खटिएका छन् ।
यसैबिच, महाधिवेशन स्थलदेखि हाकिमचोक, चौविसकोठी, मालपोतचोकसम्म सवारी आवागमनलाई समेत रोक लाइएको छ । महाधिवेशनलाई लक्षित गर्दै तीन वटा सुरक्षा निकायबिच समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने भएको छ ।
जनपथ प्रहरी मात्रै एक हजारभन्दा बढी खटिने छन् । यहाँ बाहिरी जिल्लाबाट पनि प्रहरी ल्याइएको छ । रास्वपाको बन्द सत्र चितवन उद्योग सङ्घको सभा हलमा हुनेछ ।














