Logo
Logo

प्रधानमन्त्री बालेन बस्ने लटौली रिसोर्टका १६ कोठा बुक


1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाविधेशनमा सहभागी हुन चितवन पुगेका छन् । उनी महाधिवेशनको उद्घाटन र बन्दसत्रमा सहभागी हुन श्रीमती र छोरीसहित आज चितवन पुगेका हुन् ।

प्रधानमन्त्री शाह कालिका नगरपालिका–९ शक्तिखोरमा हालै मात्रै निर्माण सकेर सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् । रिसोर्टका १६ वटा कोठा ६ असारदेखि ४ दिनका लागि बुकिङ गरिएको छ । जसमा १३ वटा कोठामा पाहुना हुनेछन् भने बाँकी ३ कोठा आवश्यकता अनुसार प्रयोग गर्ने भनिएको स्रोतले जानकारी दियो ।

रिसोर्टमा शनिबार नै सुरक्षाकर्मीहरू पुगेर चेकजाँच गरेका थिए । नेपाली सेना र प्रहरीको टोली नै रिसोर्टमा शनिबारदेखि परिचालन गरिएको छ । रिसोर्टमा प्रधानमन्त्री शाह, गृहमन्त्री सुदन गुरुङसहित बालेन पक्षका नेताहरू बस्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्