
काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरिरहेका छन् ।
केहीबेरअघि बाट सुरु भएको महाधिवेशनस्थलमा अहिले पानी पर्न थालेको छ । पानी पर्न थालेपछि रास्वपाले यसलाई शुभसाइतका रुपमा व्याख्या गरेको छ ।
महामन्त्री बुर्लाकोटीले भने, ‘यो महाधिवेशन सफल पार्नका लागि पानी पर्नु शुभसाइत हो । यसलाई हामीले शुभसाइतको रुपमा लिएका छौं ।’














