Logo
Logo

प्रधानमन्त्री अलग लेबलका बन्दा हैः सीके राउत


63
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन शाहको प्रसंशा गरेका छन् ।

The current image has no alternative text. The file name is: ck-raut.jpg

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले भने– ‘डाइनामिक, इन्टिलेजेन्ट, स्टाइलिस, माइन्डसेट भएका ए अलग लेबलका बन्दा है ।’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता र हावामा समानता रहेको बताएका छन् । उनले रास्वपालाई शुभकामना दिँदै भने, ‘हावा कसैको पनि हुँदैन । बेलुनमा भरेको हावामा सियोले प्वाल पार्दा त्यो बाहिर निस्कन्छ ।’

उनले प्रधानमन्त्री बालेनलाई फरक प्रकारको नेता बताए भने अध्यक्ष लामिछानेलाई त्यागी नेताको संज्ञा दिए । उनले भने, ‘संघीयतालाई बल दिने कुरा पूरा गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्