Logo
Logo

आजको मुख्य २० समाचारः विष्णु पौडेल पक्राउदेखि रास्वपा महाधिवेशन विवादसम्म- भिडियो


504
Shares

१. ई–पासपोर्ट ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, करिब ८ अर्ब हिनामिना भएको दाबी ।

२. सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याइँदै । 

३. प्रतिनिधि चयन विवादले रास्वपा महाधिवेशनको बन्दसत्र स्थगित, मंगलबार बिहानदेखि सुरु हुने, उम्मेदवारीको आकंक्षी धेरै भएकोले महाधिवेशन १० गतेसम्म लम्बिन सक्ने ।

४. रास्वपाले संस्थापक सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय खारेज गर्दै पुरानो व्यवस्था फिर्ता, निर्णयपछि संस्थापक सदस्य असन्तुष्ट । 

५.   रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनबीचको सम्बन्ध सुमुधुर रहेको रास्वपा नेता सस्मित पोखरेलको दाबी, पार्टीमा रवि–बालेन पक्ष भन्ने केही नरहेको जिकिर ।

६.  रास्वपा महाधिवेशनमा दुई महामन्त्रीसहित अन्य पदमा प्रतिस्पर्धा चर्किँदै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई सहमतिमा नेतृत्व टुङ्ग्याउन चुनौती ।

७. कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न, आन्दोलनको तयारीमा विद्यार्थी, मिहिनेत अनुसारको अंक नआएको र रिटोटलिङ शुल्कसमेत महँगो भएको गुनासो । 

८. चिया निर्यातबारे सरकारको ध्यानाकर्षण गराउन चिया उद्यमी सिंहदरबार पुगे, दुवै देशका प्रयोगशाला प्रतिवेदनलाई पारस्परिक मान्यता दिन आग्रह ।

९. किसानका पीडाप्रति सरकार असंवेदनशील बनेको आरोप, सरकारलाई उत्तरदायी बनाउन र परिणामका लागि सहयोग गर्न तयार रहेको भनाइ ।

१०. सेवाग्राहीलाई केन्द्रमा राखेर छिटोछरितो सेवा दिन सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशन, सरकारी कार्यालयप्रतिको गुनासो अन्त्य गर्दै विश्वास जित्ने गरी काम गर्न नेपाल टेलिकमलाई आग्रह ।

११. न्यायालयको संरचनागत र कार्यशैलीमा सुधारको आवश्यकता रहेको भनाइ, सर्वोच्चमा गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधान र कानुनबमोजिम नरहेको दाबी ।

१२. नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे–लिस्ट’ निस्कन फेरि असफल, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी वित्तपोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले अझै उल्लेख्य काम गर्नुपर्ने । 

१३. फलाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दै, दुबई–पोखरा–दुबईको उडान तालिका स्वीकृत भएसँगै फ्लाई दुबईले टिकट बुकिङ खुला ।

१४. राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएकाहरूको प्रदर्शन, जेन्जी आन्दोलनका क्रममा शाखाबाट १८ केजी सुन चोरी भएपछि धितो राख्नेहरूले सुन फिर्ताको माग ।

१५. सडकपेटीमा आश्रित दृष्टिविहीनहरूलाई विकल्प नदिई हटाइएको र धरपकड गरिएको विरोधमा आन्दोलन सुरु, सडकपेटीमै समेत जीविकोपार्जन गर्न नदिएको गुनासो ।

१६. विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाट २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर चोरी, झन्डै १ हजारदेखि १ हजार २०० लिटर तेल हराएको अनुमान ।

१७. चालु आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी, १५७ देशसँग व्यापार गर्दा १२३ देशसँग घाटा । 

१८. चितवनको देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा ’टाइगर सेन्चुरी’ निर्माण गर्ने योजना, 

समस्याग्रस्त र  घाइते बाघहरूलाई प्राकृतिक वातावरणमा राख्दा पर्यापर्यटनमा टेवा पुग्ने कृषिमन्त्री गीता चौधरीको विश्वास ।

१९. फिफा विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने, समूह ‘आई’मा साबिक उपविजेता फ्रान्स र इराक पनि भिड्दै ।

२०. र, मध्यपूर्वमा चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिकाबीच भएको पहिलो चरणको वार्ता सकारात्मक, आउँदो ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने दुवै देशको विश्वास । 

प्रतिक्रिया दिनुहोस्